यता बिहेको कुरा छिन्यो, उता अस्ताए चन्द्र बहादुर !

  • ऋषिराम खड्का

पश्चिम रुकुम-‘घर न आउने हो ? नाइँ आन्न (आउँदिन) यार अब’ केहि दिन अघि दाई चन्द्र प्रकाश र भाई चन्द्र बहादुर दुई भाई बीच च्याटमा भएको कुराकानीको एक अंश हो यो । दैवको लिला पनि कस्तो अपशोच ! उनले दाईलाई कुन प्रशंगमा त्यस्तो भनेका थिए त्यो त उनको मृत आत्मले जानोस तर अब आउँदिन भनेका चन्द्र बहादुर कहिल्यै घर नफर्किने गरी अस्ताए ।

दुर्गा बहादुर खड्काका एक्ला छोरा चन्द्र बहादुर उमेरले भर्खर २२ बर्षमा हिडिरहेका थिए । डिभिजन बन कार्यालय दैलेखमा रेन्जर पोष्टमा कार्यरत चन्द्र बहादुरको आउने मङ्सिरमा बिहे गर्ने पक्का थियो । घरमा बुबाले छोराको बिहेको लागी खसी पालेका थिए छिमेकीमा बिहेको कुरा छिनीसकिएको थियो । तर एक्कासी खड्का परिवारमा ठुलो बज्रपात पर्यो । पढाई लेखाई सकेर भर्खर जागिरे भएको छोरा दशैँ तिहारको मुखमा बिहेको लागी तम्तयार भएका बाबु आमा सबैलाई छोडेर सधैँको लागी कलिलैमा संसार छोडे चन्द्र बहादुरले ।

आमा बुबासँग मृतक चन्द्र बहादुर

पश्चिम रुकुम सानोभेरी गाउँपालिका वार्ड नं. ९ निवासी खड्को हिजो दिउँसो दैलेखमा निधन भएको हो । खड्का दैलेख स्थित सदरमुकाममा रहेको आफ्नै डेरामा दिउसो १ बजेको समयमा घरको छतमा लुगा सुकाउने बेलामा एक्कासी अचेत भए लगतै उपचारको लागि जिल्ला अस्पताल दैलेख लगिएको र थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा रिफर हुदै गर्दा दिउसो १:४५ बजेको समयमा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जनाएको छ ।

स्थानीय सिम्ली बजारमा छोराकै खुसिका लागी ३ दिन अघि मात्र बुबा दुर्ग बहादुरले घडेरी किनेका थिए । छोराले न बिहेको लगन कस्न पायो न जग्गा नै देख्न पायो भावविह्वल मुन्द्रामा भएका बुवाले नयाँ बाटो सँग भने । दैलेखबाट आजै शव ल्याएर आजै दाहासंस्कार गर्ने पारिवारिक स्रोतले बताएका छन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]il.com
Designed by Nayabato.com