जागिर खान आएको होइन : नवनियुक्त उपकुलपति
पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक उन्ननयका लागि आफूले पहिलो प्राथमिकता दिने बताएका छन् ।
आइतबार उपकुलपति पदको पदभार ग्रहण गर्दै उनले नीति र नियमभन्दा बाहिर गएर आफूले कुनै कार्य नगर्ने प्रतिबद्धता व्यक्त गरे। विश्वविद्यालयको समस्या र अन्यौलता समाधानका बारेमा प्रधानमन्त्रीसँग छलफल भएको र उनले नीति नियममा रही निर्धक्क भएर अगाडि बढ्न सुझाएका उनले बताए ।
“म जागिर खान आएको होइन,” उनले भने, “मलाई अब कसरी यो विश्वविद्यालय बनाउने र व्यवस्थापन गर्ने भन्ने मुख्य चिन्ता छ ।”
उनले पोखरा विश्वविद्यालय छोटो समयमा राम्रो प्रतिष्ठा कायम गरेको र धेरै कार्यक्रम ल्याएर एउटा ख्याति कमाएको जनाए ।