पाँच वर्षीय बालकको अप्राकृतिक मैथुन गरी ह’त्या

धनुषामा अप्राकृतिक मैथुन गरी सालोको ह’त्या गरेको आरोपमा भिनाजुलाई प्रहरीले पक्राउ गरेको छ।

धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ७ किशानपुर बस्ने रामेश्वर सदाका ५ वर्षीय छोरा रुपेश सदाको अप्राकृतिक करणी गरी ह’त्या गर्ने सबैला नगरपालिका वडा नं. ७ मठिहन बस्ने २२ वर्षीय भिनाजु रामबहादुर सदा प’क्राउ परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

बिहीबार दिउँसो करिब १२ बजेदेखि हराएपश्चात खोजतलास गर्दा शुक्रवार दिउँसो करिब डेढ बजेको समयमा किशानपुरस्थित कृषि ईट्टा उद्योगको परिसरभित्र रहेको वर्षातको पानी जमेको खाल्डोको डिलमा पात पतिङगरले छोपिएको अवस्थामा पाँच वर्षीय बालकको श’व फेला परेको थियो।

प्रारम्भिक अनुसन्धानमा भिनाजु रामबहादुर सदाले सालो नाता पर्ने रुपेश सदालाई विस्कुट, चकलेटको प्रलोभन देखाइ माछा मार्न भनेर साथमा लगेर बालकलाई अप्राकृतिक करणी गरिरहेको अवस्थामा बालक बेहोस भएपछि रामबहादुरले बालकले लगाएको कन्दनीले घाँटी कसी ह’त्या गरेको प्रवक्ता मिश्रले बताए।

रामबहादुरलाई हिरासतमा राखी थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com