प्रधानमन्त्रीका तीन सल्लाहकारहरुलाई कोरोना संक्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार बिष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार गरिएको पिसिआर परीक्षणका क्रममा तीनै जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रधानमन्त्रीका सल्लाहकारहरु रिमाल, थापा र भट्टराईले सामाजिक सञ्जालबाट आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी शनिबार गराएका हुन्।

उनीहरु तीनैजना होम आइसोलेसनमा रहेका र आफूसँग सम्पर्कमा आएकालाई साबधानी अपनाउन अनुरोध गरेका छन्।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com