कोरोना संक्रमितको हिसाबले नेपाल विश्वको ४६ औँ स्थानमा
कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १० लाख ३३ हजार २३८ जनाको मृ’त्यु भएको छ भने ३ करोड ४८ लाख ३१ हजार ३६६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै २ करोड ५८ लाख ९५ हजार ८२४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६६ हजार ३२५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
पछिल्लो केहि दिन यता नेपालमा कोरोना संक्रमितको संख्या तीव्र गतिले बढिरहेको छ । यसैबीच कोरोना भाइरसका कारण नेपालमा अहिलेसम्म ५२० जनाको मृ’त्यु भएको छ भने ८२ हजार ४५० जनालाई संक्रमण भएको छ ।
त्यस्तै ६० हजार ६९६ जना संक्रमण मुक्त भएका छन् । नेपाल कोरोना संक्रमितको हिसाबले विश्वको ४६ औँ स्थानमा रहेको छ ।