सक्रिय संक्रमित २५ हजार नजिक, के दशैंमा लकडाउन होला ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्‍‍वर गौतमले दशैंमा लकडाउन हुने या नहुने विषयमा बोलेका छन् ।

केही दिनअघि स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमित २५ हजार नाघे देशमा फेरि लकडाउन गर्नुपर्ने सिफारिस गरेको थियो । हाल सक्रिय संक्रमितको संख्या देशभर २१ हजार पुगेको छ।

यस्तोमा दशैं आसपासमै लकडाउन हुने चिन्ताले मानिसहरुलाई सताएको छ।

यस विषयमा प्रवक्ता गौतमले दशैं आसपासमा लकडाउन लकडाउन गर्ने गरी मन्त्रालयले कुनै सुझाव सरकारलाई नदिएको बताएका छन् ।

सरकारले दशैं आसपासमा लकडाउन गर्नका लागि स्वास्थ्य मन्त्रालयलाई कुनै सुझाव नदिएको उनले बताएका हुन् । तर दशैंमा धेरै मानिसहरु आफ्नो थातथलो जाने हुँदा संक्रमण गाँउगाउँ पुग्ने जोखिम भने उच्च रहेकाले सतर्कता अपनाउनु पर्ने उनले बताएका छन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com