भालुबाङमा खुसियाली ; बुटवलमा विरोधआन्दोलन र तोडफोड
प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा सार्ने प्रस्ताव गरेलगत्तै बुटवलमा आन्दोलन शुरु भएको छ।
बुटवलका नेपालगञ्ज रोड, पुष्पलाल पार्क र ट्राफिक चोकमा टायर बालेर प्रदर्शन भइरहेको छ। बुटवलमा सरकारी गाडीमा पनि तोडफोड भएको छ।
प्रदेश सरकारले शुक्रबारको बैठकमा राजधानी र नामाकरण प्रस्ताव पेश गरेपछि नेविसंघले प्रदर्शन गर्दै बुटवलमा तीनवटा गाडीमा तोडफोड गरेको छ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले विगतमा रुपन्देहीलाई अस्थायी राजधानी तोकेको भन्दै उनले नेकपाका केही नेताको स्वार्थमा रुपन्देहीबाट राजधानी सार्ने प्रयासको विरुद्धमा सडक र सदन तताउने बताएका छन्।
कांग्रेसले राजधानी सार्ने प्रस्तावको विरुद्धमा एकजुट भएर प्रदर्शन गर्न र राजधानी सार्ने प्रयासलाई रोक्न रुपन्देही तथा छिमेकी जिल्लाका सर्वसाधारणहरुलाई अपील गरेको छ।