पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृ’त्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृ’त्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृ’त्यु हुनेमा ४ महिला र ७ पुरुष छन्।
मोरङका २७ वर्षीय पुरुष, ललितपुरका ३२ र ७० वर्षीय पुरुष, भक्तपुरकी ६१ र ५१ वर्षीया महिला, काठमाडौँकी ६७ वर्षीया महिला, मकवानपुरका ७८ वर्षीय पुरुष, रुपन्देहीका ६० वर्षीय पुरुष, बाँकेका ५२ र ५९ वर्षीय पुरुष र सुर्खेतकी ७५ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट मृ’त्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ।