नि:शुल्क कोरोना परीक्षण गर – सर्वोच्च

शुल्क लिएर कोरोनाभाइरस परीक्षण नगर्न सरकारका नाममा सर्वोच्च अदालतले दिएको परमादेशलाई एकजना बरिष्ठ स्वास्थ्य अधिकारीले ‘गर्न नसकिने खालको’ र ‘संसारमा कतै नभएको व्यवस्था’ भएको बताएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बीबीसीलाई आफूले सर्वोच्च अदालत समक्ष दिएको बयान दोहोर्‍याउँदै भने, “आवश्यकतामा रहेका सबैको सरकारले नि:शुल्क नै जाँच गरिराखेकै छ। सबैको जाँच गर्ने भन्ने कुरा विज्ञानलाई विज्ञानका रूपमा नबुझ्नु हो।”

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानले निशु:ल्क परीक्षणबारे बिहीवार गरेको परमादेशको पूर्णपाठ सार्वजनिक भइसकेको छैन। सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेल भन्छन्, “आदेशको पूर्णपाठ नआउँदासम्म त्यसले कस्ता व्यक्तिहरूलाई समेट्न खोजेको हो भनेर भन्न सकिने अवस्था छैन।”

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com