Nayabato                                                                                                                     This is not News Site   

    नयाँबाटो  .Com                                                                                       It's  Just Blog............

   

समाचार  

 

उद्योगी तोलाराम दुगडको निधन

countinue reading

 

 

ठमेलको होटेलबाट अमेरिकि नागरिक अपहरित

Countinue reading

 

दलहरुबिच पाँच बूँदे सहमती,छ हैन ३ महिना म्याद थपिने

countinue reading

 

 

 

युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोना बिजयी 

 

लन्डन, (एएफपी)- आक्रामक फुटबलको सदुपयोग गर्दै बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ। स्पेनिस टोलीले शनिबार रातिको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई फिका सावित गर्दै खेल ३-१ ले जित्यो। सन् १९९२ मा बार्सिलोनाले वेम्बलीमा पहिलोपटक यो प्रतियोगिता जितेको थियो। शनिबार सो इतिहास दोहोर्याउँदै टोली चौथोपटक च्याम्पियन्स लिगको विजेता बन्यो। २००६ र २००९ मा क्याटलन टोलीले युरोपेली क्लबको सबैभन्दा ठूलो उपाधि जितेको थियो। दुई वर्षअघि बार्सिलोनाले रोमको फाइनलमा म्यानचेस्टरलाई २-० ले पराजित गरेको थियो। बाँकी......

 

दलहरुबीच पाँच बूँदे सहमति, म्याद तीन महिना थपिने

काठमाडौँ - नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच पाँच बूँदे सहमति भएपछि संविधान सभाको म्याद तीन महिना थप हुने भएको छ। पाँच बूँदे सहमतिमा प्रधानमन्त्रीले राजनीतिक सहमतिका लागि राजीनामा दिएर मार्गप्रशस्त गर्ने बूँदा पनि रहेको छ। त्यसैगरी संविधान सभाको म्याद तीन महिना थप्ने,तीन महिनाभित्र संविधानको प्रारम्भिक मस्यौदा तयार गर्ने र शान्ति प्रक्रिया र सेना समायोजन ३ महिनामा सक्ने र नेपाली सेनालाई समावेशी बनाउन मधेसवादी दलसँग पहिले भएका सम्झौताको कार्यान्वयन गर्ने सहमति भएको छ। 

पाँच बूँदे सहमतिमा नेपाली का‍ग्रेसका तर्फबाट सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनाल र एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षर छ।

 

उद्योगी तोलाराम दुगडको निधन

काठमाडौँ, जेठ १५ (नागरिक) - वरिष्ठ उद्योगी तोलाराम दुगडको ८१ वर्षको उमेरमा हृदयाघातका कारण आज बिहान आफ्नै निवासमा निधन भएको छ। नेपाल राष्ट्रिय मारवाडी परिषद् र सनराइज बैंकका अध्यक्षसमेत रहेका दुगड नेपाली काँग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्षसमेत थिए

उनको पार्थिब शरीरलाई अहिले नक्साल्स्थित आफ्नै निवासमा राखिएको र दाहसंस्कार भोलिमात्र हुने पारिवारिक स्रोतले जानकारी गराएको छ । दुगडको मृत्‍युले नेपाली उद्योगलाई अतुलनिय क्षती पुर्याएको मारवाडी सेवा समितिका महासचिब कैलाशचन्द्र गोयलले बताएका छन् ।

ठमेलको होटेलबाट अमेरिकि नागरिक अपहरित

काठमाडौँ, जेठ १५ (नागरिक) - पर्यटकीय नगरी ठमेलको एक होटलमा बस्दै आएका अमेरिकी नागरिक जोन रोवर्ट स्कर्मफ अपहरणमा परेका छन्। ठमेलको ड्रिम होटलमा बस्दै आएका २४ वर्षिय स्कर्मफ आइतबार बिहान २ बजे होटलबाटै अपहरणमा परेको प्रहरीले जनाएको छ

 

World News Link 

 

 

 

Nayabato.Com 2011 Privacy Policy Terms Of Use

 World news

 CNN News

 BBC News

Nepali web newsPaper

 

कान्तिपुर दैनिक

नयाँपत्रीका दैनिक

राजधानी दैनिक

गोरखापत्र दैनिक

अन्नपूर्ण दैनिक

नेपाल समाचारपत्र